भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

ज्ञान सञ्जाल

 
 

ज्ञान सञ्जाल :

ज्ञान सञ्जाललाई प्रमुख सरकारी अभिकर्ता, नीति निर्माता, आपदा प्रबन्धकका साथमा अभियान्त्रिकी, वास्तुकला, नियोजन, भूकम्प विज्ञान, जल विज्ञान, कृषि तथा सामाजिक विज्ञान जस्ता सम्बन्धित क्षेत्रका विशेषज्ञहरूबीच आपदाको जोखिम घटाउनका लागि मिलेर काम गर्नका साथै सूचना विनिमय गर्न सञ्जाल एवं साझेदारी स्थापित गर्ने पहलको रूपमा प्रतिपादन गरिएको छ। यो पहल सरकारी विभाग, वैधानिक अभिकर्ता, शोध सङ्गठन/संस्थानलाई आफ्नो विशेषज्ञताको सामूहिक अनि व्यक्तिगत साझेदारीका लागि ऐक्यबद्ध गराउन परिलक्षित छ। यो विनिमय व्यक्तिगत अन्तरक्रिया, कार्यशाला, अनुभवहरूको दस्तावेजीकरणका साथमा विश्वव्यापी वेब पोर्टलमा यसलाई साझा गर्दै सुगम बनाइन्छ।

आपदा प्रबन्धनको क्षेत्रमा “ज्ञान सञ्जाल”ले अत्यावश्यक सूचना अल्पसमयमा उपलब्ध गराउन र आपदाको समय सम्बन्धित विभागहरूसँग तालमेल कायम गर्न महत् भूमिका निर्वाह गर्दछ। ज्ञान सञ्जाल बुनियादी रूपमा समग्र कार्यबलको सामूहिक ज्ञानलाई विशेष साङ्गठनिक लक्ष्य हासिल गर्न प्रयोग गर्न केन्द्रित रहने गर्दछ। यसका साथै ज्ञान सिर्जना गर्ने, त्यसलाई साझा गर्नका साथै ज्यानमालको क्षति सक्दो कम्ति गर्नका लागि त्यसको उपयोग गर्ने प्रक्रिया सुगम बनाउने विषय पनि यसमा निहित रहने गर्दछ।

सरकार, एनजीओ/सीबीओ, संस्थानका साथै आपदा प्रबन्धनमा संलग्न हितधारकहरूबीच सञ्जाल तयार गर्नलगायत ज्ञान साझा गर्ने पहल शुरु गरिसकिएको छ।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको पनि एकै ठाउँ ज्ञान केन्द्र कायम गरिएको छ, जहाँ महत्त्वपूर्ण जानकारीहरू दर्ता गरिएको छ भने त्यस्ता जानकारी प्राप्त गर्न चाहनेहरूले www.ssdma.nic.in खोलेर हेर्न सक्छन्।

 
Click to Open CSS Pop Up