भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

पैह्रो

 
 

पैह्रो

 

हिमाली राज्य सिक्किममा बारम्बार पैह्रो झर्ने वा धस्किने विषय सामान्य प्रक्रिया हो भने सम्पत्तिको क्षतिका साथै भू-परिवेष्ठित राज्य सिक्किमको सम्पर्क साधन बाधित पार्ने र ज्यानमालको क्षति पुऱ्याउने यो प्रमुख कारक रहिआएको छ। जटिल भौगोलिक विन्यासका साथै इलाकामा भारी वर्षाको कारण राज्यको विभिन्न भागमा अचानक जमीन धस्किने अनि झर्ने कारण हुनजाने क्षतिको परिमाण व्यापक हुने गर्दछ। अप्रेलदेखि सेप्टेम्बरबीच लामो अवधिसम्म विस्तारित वर्षाको समय 100 देखि 125 मिलिमिटर प्रति घण्टाको हिसाबले पानी पर्ने गर्दछ भने वार्षिक वर्षाफल 3500 देखि 500 मिलिमिटरसम्म पुग्ने गर्दछ। यसबाहेक, हालका अनियोजित विकास गतिविधि, विशेष गरी सडक निर्माणका साथमा कमसल रूपमा नियोजित भवन निर्माणहरूले पैह्रो झर्ने र जमीन धस्किने घटनाहरूलाई अरू गम्भीर बनाउने गर्दछ। वर्षाको समय सिक्किमको एकमात्र जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग 31-ए धेरै समयको निम्ति अवरोधित बन्ने हुँदा आवश्यक सर-सामानको आपूर्तिको कमी हुनका साथै यात्रीहरूलाई पनि असुविधा पुऱ्याउने गर्दछ।

 
Click to Open CSS Pop Up