भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

डडेलो

 
 

वन-जङ्गलमा आइलाग्ने सामान्य खतरा हो डडेलो। डडेलो लाग्ने विषयले वन-जङ्गल जति नै पुरानो इतिहास बोकेको छ। यसले वन्य सम्पदालाई मात्र खतरामा नपारेर सम्पूर्ण वन्यप्राणी एवं वनस्पतिलाई प्रभावित पार्दै क्षेत्रको पर्यावरण अनि परिवेशका साथमा जैवविविधतालाई पनि बाधित पार्ने गर्दछ। शरद ऋतुमा, महिनौंसम्म पानी नपर्दा, सिक्किमको वन-जङ्गलभरी सुकेका पात-पतिङ्गर थुप्रिने गर्दछ, जसलाई सानो आगोको फिलुङ्गो झिल्काले पनि सल्काउने हुँदा क्षेत्रको बोट-बिरुवाका साथमा फसल-बालीसमेत नष्ट पार्ने गर्दछ।

डडेलोका कारण

डडेलो प्राकृतिक कारणका साथै मानवजनित कारणले सल्किने र फैलिने गर्दछ

प्राकृतिक कारण : धेरै डडेलो प्राकृतिक कारण डस्तै वज्रपात अर्थात् चट्याङको कारण शुरु रुखहरूमा आगो शुरु हुँदै फैलिने गर्दछ। तथापि, धेरै क्षति नपुगी त्यस्ता आगोलाई पानी परेर निभाउने गर्दछ। वायुमण्डलमा तापमान बढ्नका साथै सुक्खापनले (कम आर्द्रता) डडेलो सल्काउन धेरै मद्दत गर्दछ।

 

मानवजनित कारण : आगोको स्रोत जस्तै नाङ्गो ज्वाला, सिग्रेट वा बिँडीको जल्दै गरेको ठुटा, बिजुलीको झिल्का वा अन्य कुनै झिल्का उत्पन्न गर्ने कारक जल्ने-सल्किने वस्तुसँग सम्पर्क हुनपुग्दा आगो सल्किने गर्दछ।

 
Click to Open CSS Pop Up