भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

आकस्मिक भल-बाढी

 
 

आकस्मिक भल-बाढी

आकस्मिक भल-बाढी कम समयमै घट्ने घटना हो जुन कारक परिघटनाको 6 घण्टाभित्र (मूसलधारे वर्षा, बाँध विस्फोट, तटबन्ध भत्किनु र तेज गतिमा हिउँ पग्लिनु) र प्रायः हात्तीसूँडे पानी परेको दुई घण्टाभित्र घटित हुने गर्दछ। आकस्मिक भल-बाढीमा नदीको स्तर बढ्दै किनाराहरू समेत डुबाउने र धेरै मात्रामा ढुङ्गा-मुडा बगाउँदै अचानक धेरै क्षति पुऱ्याउने प्रकृतिको हुने गर्दछ। आकस्मिक भल-बाढीको कारण नदीको किनारातिरको इलाका धेरै प्रभावित हुने गर्दछ जहाँ पानीको वेगले माटोलाई कमजोर बनाउँदै माटो धस्किने र छेउछाउका घरहरू लगायत सडक अनि अन्य पूर्वाधार क्षतिग्रस्त पार्ने गर्दछ। नदीको माथिल्लो भागतिर भारी वर्षा र पैह्रोले नदीको उँधोतिरका इलाकामा भल-बाढी ल्याउने गर्दछ। सिक्किममा विशेष गरी वर्षाको मौसममा भारी वर्षा हुने हुँदा पैह्रोका साथै आकस्मिक भल-बाढीको स्थिति आइपर्नाले ज्यानमाललाई सधैं खतरामा पार्ने गर्दछ। यसका साथै सिक्किममा ठूला-ठूला बाँधहरू निर्माण गरिएको हुँदा बाँध अचानक भत्किनपुगे सम्भावित विराट् भल-बाढीको खतरा रहने गर्दछ।

 
Click to Open CSS Pop Up