एफ ए क्यू
बारम्बार सोधिने प्रश्न (एफ ए क्यू)
आपदाको समय, आपातकालीन
सर-सामानका साथै आपदाका उत्तरजीविता उपकरणहरू अप्राप्य हुनपुग्दछ। त्यस्तो
स्थितिको निम्ति सधैं तयार रहनुपर्दछ कारण तयार गर्ने वा हुने समय पाइँदैन। आपदाको
समय काम लाग्ने सामानहरू खरिद गर्नुपर्दा किन ढिलो गरेको भन्ने कुरा गर्दा
उनीहरूले सोझै के-के चाहिन्छ र त्यस्ता सामानहरू कहाँ पाइन्छ भन्ने कुरा पत्तो
नभएको बताउने गर्दछन्।
कुन प्रकारको
उपकरण मलाई चाहिन्छ?
कुन-कुन उपकरण वा सामान चाहिन्छ
भन्ने कुरा तपाईं कुन ठाउँमा बस्नुहुन्छ र कस्तो प्रकारको भवितव्य आइपर्ने
सम्भावना छ भन्ने कुरामाथि निर्भर गर्दछ। सामान्यतः, तल उल्लेख गरिएका सामानहरूले
आपातकालीन स्थितिमा उपयुक्त ठहरिने सबै वस्तु समेटेको छ। ती सबै सामान तपाईंलाई
आवश्यक पर्नेछ भन्ने केही छैन, तर योजना बनाउँदा आफ्नो स्थिति र जीवनशैलीलाई
ध्यानमा राख्दै सक्दो व्यावहारिक अनि संवेदनशील बन्नुहोस् :
आपदाको समय उत्तरजीविता उपकरणहरूको सूची : 10 वटा
बुनियादी श्रेणी :
1.पावर जेनरेटर र इन्धन
·
पोर्टेबल/सानो इन्धन जेनरेटर,
·
पोर्टेबल सौर जेनरेटर
·
वायु ऊर्जा जेनरेटर
·
इन्धन राख्ने भाँडा (ड्रम/जार) : पूरा भरेर राख्नुहोस्।
फेरबदल गर्दै सधैं भरेर राख्ने गर्नुहोस् कारण आपातकालीन वा आपदाको स्थितिमा
बजारबाट सबैभन्दा पहिला हराउने वस्तु भनेकै यही हो।
2.न्यानो राख्ने तथा आश्रयका उपकरण
·
आपातकालीन हिटर/स्टोभ
·
डस्ना/कम्बल (ब्लाङ्केट)
·
स्लीपिङ ब्याग/कम्बल
·
माचिस/लाइटर, दाउरा आदि।
3.पानी
·
प्युरिफायर
·
फिल्टर
·
पानी राख्ने भाडा (जार, सानो ड्रम)
·
हाते पम्प (पर्याप्त पानी आपूर्तिका लागि खोज्न गाह्रो
पर्दछ)
4.प्राथमिक उपचारका सामग्री तथा आपातकालीन
साज-सामान
·
72
घण्टे साज-सामान, तुरुन्तै
बोकेर हिँड्नसक्ने साज-सामान, उत्तरजीविता साज-सामान
·
प्राथमिक उपचार साज-सामान, आफ्नो आपातकालीन उत्तरजीविता
साज-सामान, घर वा गाडीमा एउटा प्राथमिक उपचारको साज-सामान राख्नुहोस्।
·
स्वचालित आपातकालीन साज-सामान
·
पाल्तु जनावरका लागि प्राथमिक उपचार तथा आपातकालीन
साज-सामान
5.पकाउने सामान
·
आपातकालीन स्टोभ
·
इन्धनको कनस्तर
6.उज्यालो पार्ने सामान
·
मैनबत्ती,
·
माचिस
·
लाइटर
·
टर्च लाइट
·
ब्याट्री
·
लालटिन
7.स्वच्छता
·
सानो/पोट्रेबल शौचालय
·
सफा गर्ने तथा कीटाणुनाशक
8.आपातकालीन मौसम रेडियो
आपातकालीन मौसम सेवा रेडियो विशेष रूपमा
मौसमसम्बन्धी आपातकालीन स्थितिबारे समाचार प्रसारण गर्ने रेडियो रिसिभर हो। मौसम
सेवा रेडियोले गैर मौसमसम्बन्धी आपातकालीन जानकारी जस्तै प्राकृतिक आपदा, आगलागी
वा आतङ्कवादीद्वारा आक्रमणबारे समाचार पनि प्रसारण गर्नसक्दछ।
9.तयारीको दिशानिर्देश
कुनै पूर्व चेतावनीबिना आपदा आइपर्न सक्दछ। त्यसले
घरभित्रै सुरक्षित बस्न वा अरू कतै शरण लिन बाध्य गराउन सक्दछ। यदि बुनियादी सेवा
जस्तै पानी, ग्यास, बिजुली वा टेलिफोन सेवा काटिए के गर्ने?
आपदापछि प्रत्येक व्यक्तिसम्म अधिकारी वा राहतकर्मी
पुग्न त्यति सम्भव अनि सजिलो हुँदैन। योजना तयार राख्नु उत्तम ठहरिन्छ ताकि
विपत्ति आइपरे आत्तिनु नपरोस्। अग्रिम रूपमा तयार गरी टोलीको रूपमा काम गर्दा आपदा
झेल्न र सामना गर्न धेरै सहज बन्दछ। यसैले, एकसाथ बसेर आपदाको समय एक-अर्कालाई
कसरी सम्पर्क गर्ने, कहाँ जाने र के गर्ने भन्नेबारे आपातकालीन योजना बनाउनुहोस्।
10.
आत्मरक्षाका
सामानहरू
धेरैलाई यस विषयमा सोच्नसम्म मन लाग्दैन, तर
आपातकालीन अनि आपदाको स्थितिमा हिंसक गतिविधिको खतरा बढेर जाने कुरा अकाट्य सत्य
हो।
भूइँचालोले कुनै पूर्व चेतावनी दिँदैन। यसले स्वयं
मृत्यु अनि चोट-पटक नल्याउने भए तापनि मानिसहरू सामान झरेर, भित्ता धस्केर लड्नुको
कारण वा गह्रौं वस्तु झरेर लाग्नुको कारण घाइते
हुने गर्दछन्। भत्किँदै लड्ने घरहरूका साथमा कम्पनको तरङ्गले सर्टसर्किट
हुनुको कारण आगो लाग्ने सम्भावना रहने गर्दछ। यसका साथै बलिरहेको वा जलिरहेको
ग्यास वा स्टोभले पनि आगो फैलाउन सक्दछ। यी सबैले अत्यास र अन्योलको स्थिति
सिर्जना गर्दछ। केही सावधानी अनि सतर्कताले यस्तो स्थितिबाट जोगाउन सक्दछ।
भूइँचालो
आउनुअघि
आफ्नो परिवारको निम्ति सुरक्षा
योजना तर्जुमा गर्ने समय हो। भूइँ हल्लिन थालेसम्म पर्खनु धेरै ढिलो हुनसक्दछ। तल
उल्लेखित सुरक्षा उपायमाथि विचार गर्नुहोस् :
·
यी वस्तुहरू सधैं निर्धारित ठाउँमा राख्नुहोस् : बोतलबन्द
पिउने पानी, नसड्ने खाने कुरा (भुजा-चिउरा, गुड), प्राथमिक उपचारका सामान,
टर्चलाइट र अतिरिक्त ब्याट्रीसहित ब्याट्रीले चल्ने रेडियो।
·
परिवारका सदस्यलाई बिजुली, ग्यास आदि कसरी बन्द गर्ने भन्ने
सिकाउनुहोस्।
·
भूइँचालोको समय कहाँ सुरक्षित रहनसकिन्छ भन्ने ठाउँ घरमा तय
गर्नुहोस्।
·
भूइँचालोको समय लामो दूरीसम्म फोन गर्न सजिलो हुँदैन। आपातकालीन
सम्पर्कको निम्ति नजिको ठाउँमा बसोबासो गर्ने आफन्त वा साथी-भाइ चिन्हित
गर्नुहोस्। भूइँचालोपछि परिवारका सदस्यहरू छुट्टिनपुगे र सम्पर्क गर्न नसके,
उनीहरूले ती आफन्त वा साथी-भाइलाई सम्पर्क गर्नसक्छन्। सम्पर्क गर्ने व्यक्ति वा
आफन्तको फोन नम्बर र ठेगाना परिवारको सबै सदस्यसँग हुनुपर्दछ।
आफ्नो घरलाई सुरक्षित पार्नुहोस्
·
भूइँचालोरोधी उपायद्वारा आफ्नो घरको बलवर्धन गर्ने विषयमा
सोच-विचार गर्नुहोस्। घरको आधार र साँचाहरूलाई बलवर्धन गरी भूइँचालोरोधी बनाउन सकिन्छ।
प्रतिष्ठित ठेकादारसँग सर-सल्लाह गरी भवन निर्माण संहिता पालन गर्नसकिन्छ।
·
कच्चा घरलाई पनि बलवर्धन गरी बलियो बनाउन सकिन्छ।
भूइँचालोको समय
भूइँचालोले कुनै पूर्व चेतावनी दिँदैन। कहिले-काहिँ भूइँचालो
आउअघि ठूलो गर्जनको आवाजले यसको सङ्केत दिने गर्दछ। त्यस्तो पलले सुरक्षित ठाउँमा
आश्रय लिने केही समय प्रदान गर्दछ। भूइँचालोको समय कसरी सुरक्षित रहनसकिन्छ भन्ने
केही उपाय यहाँ प्रस्तुत गरिएको छ :
यदि घरभित्र भए
·
कतै शरण लिनुहोस्। टेबल वा कुनै बलियो फर्निचरमुनि घुँडा
टेकेर भूइँमा टाउको जोगिने हिसाबले बस्नुहोस्। सन्तुलन बनाइ राख्न फर्निचरको
खुट्टा दह्रो गरी पक्रेर बस्नुहोस्। आफू बसेको ठाउँ हल्लिए, अरूतिर सर्न तयार
रहनुहोस्।
·
यदि छेउमा त्यस्तो बलियो प्रकारको कुनै आश्रय लिने ठाउँ
नभए, घुँडा टेकेर बलियो भित्ता वा कुनै खोजेर टाउको जोगाएर बस्नुहोस्। सन्तुलन
बनाइ राख्न हात भूइँमा राख्नुहोस्।
·
ढोकाको छेउमा नउभिनुहोस्। कम्पनको कारण ढोका मच्चिएर
बजारिनपुगे गम्भीर चोटपटक लाग्न सक्दछ। यसका साथै झरेका वस्तुहरूले लाग्न सक्दछ।
·
झ्याल, ऐना, आलमारी तथा अन्य नबाँधिएका गह्रौं वस्तुदेखि
टाढा बस्नुहोस्।
·
यदि ओछ्यानमा भए, त्यहीं आफूलाई सिरानी अनि सिरकले टाउको
ढाकेर बस्नुहोस्।
·
घरभित्र भए, बाहिर दौडेर भाग्ने कोशिश नगर्नुहोस्। लिफ्टको
प्रयोग नगर्नुहोस्।
·
यदि कच्चा घरमा बस्नुहुन्छ भने, रुख अनि बिजुली वा
टेलिफोनको खम्बा नभएको खुल्ला ठाउँतिर जानु उचित हुन्छ।
·
खुल्ली बिजुलीको तारहरू भएका ठाउँबाट जोगिनुहोस् र त्यस्ता
खुल्ला तारहरूले छोएको कुनै धातुका वस्तु छुने कोशिश नगर्नुहोस्।
यदि घर बाहिर भए
·
जहाँ हुनुहुन्छ, त्यहीं बस्नुहोस्।
·
बिल्डिङ, सडकबत्तीको खम्बा र तारहरू भएका ठाउँदेखि टाढा
जानुहोस्।
·
खुल्ला ठाउँमा पुगेपछि, कम्पन बन्द नभएसम्म त्यहीं
बस्नुहोस्। सबैभन्दा ठूलो खतरा बिल्डिङ बाहिर, निकास मार्ग तथा बाहिरी पर्खालको
छेउमा गह्रौं वस्तु झर्ने र पर्खाल
भत्किने सम्भावनाको कारण रहने गर्दछ। भूइँचालोको समय जमीन थर्किन वा तरङ्गित
हुनाले मात्र मृत्यु हुने वा चोटपटक लाग्ने गर्दैन। भूइँचालोको समय भत्किनजाने
पर्खाल, उडेर आउने झर्ने गह्रौं वस्तुको कारण चोटपटक वा मृत्युको स्थिति आइपर्ने
गर्दछ।
यदि गुडिरहेको गाडीमा भए
·
सक्दो तुरुन्तै गाडी रोकेर गाडीभित्रै बस्नुहोस्। बिल्डिङ,
रुख, पुल वा तारहरू भएको ठाउँदेखि सक्दो टाढा नै रोक्ने कोशिश गर्नुहोस्।
·
भूइँचालो थामिएपछि मात्र सावधानीपूर्वक अघि बढ्नुहोस्।
भूइँचालोले क्षति पुऱ्याएको हुनसक्ने सडक, पुल आदिबाट सक्दो जोगिने कोशिश
गर्नुहोस्।
यदि ढुङ्गा-माटोमुनि दबिएको भए
·
माचिस नबाल्नुहोस्,
·
यता-उति हल्लिने वा धूलो झार्ने/टकटकाउने कोशिश नगर्नुहोस्,
·
कुनै कपडा वा रूमालले मुख ढाक्नुहोस्,
·
पाइप वा भित्ता थपथपाउने कोशिश गर्नुहोस् ताकि
राहतकर्मीहरूले तपाईंलाई खोज्न सकोस्। यदि उपलब्ध भए सिटी बचाउनुहोस्। अन्तिम
विकल्पको रूपमा मात्र गुहारको निम्ति कराउनुहोस्। कराउँदा घातक मात्रामा धूलो
साससँगै शरीरभित्र पस्न सक्दछ।
भूइँचालोपछि
भूइँचालोपछि के गर्ने भन्ने केही कुरा यहाँ प्रस्तुत
गरिएको छ। आफ्नो व्यक्तिगत सुरङाको निम्ति भूइँचालोपछि यी सावधानी काम लाग्न
सक्दछ।
·
ढुङ्गा-माटोबाट जोगिन जुत्ता/चप्पल लगाउनुहोस्।
·
पहिलो कम्पनपछि पराकम्पनको निम्ति तयार रहनुहोस्। कम चापको
भए तापनि पराकम्पनले थप क्षति पुऱ्याउनका साथै कमजोर बनिएका संरचनाहरू ढाल्न/लडाउन
सक्दछ। पराकम्पन केही घण्टाभित्रै, एकदिन, हप्ता वा महिनादिनपछि पनि आउन सक्दछ।
·
आगो लाग्नसक्ने खतराहरू जाँचबुझ गर्नुहोस् र लालटिन र
मैनबत्तीको साटो टर्चलाइट उपयोग गर्नुहोस्।
·
यदि तपाईं बस्ने बिल्डिङलाई भूइँचालोले त्यस्तो क्षति
नपुऱ्याएको भए, घरभित्रै बसी रेडियो सुन्दै सल्लाह पालन गर्ने कोशिश गर्नुहोस्।
यदि बिल्डिङलाई पुगेको क्षतिबारे कुनै अनुमान गर्न नसकिए, तुरुन्तै खाली
गर्नुहोस्। भूइँमा झरेका बिजुलीका तारहरू नछुने ख्याल राख्नुहोस्।
·
घाइते वा फसेका मानिसहरूलाई सहायता गर्नुहोस्। उपयुक्त
लागेअनुसार प्राथमिक उपचार दिनुहोस्। गम्भीर घाइतेहरू थप घाइते हुने नदेखिएसम्म
उठाउने कोशिश नगर्नुहोस्। त्यस्तो स्थितिमा सहायताको निम्ति गुहार लगाउनुहोस्।
·
छिमेकमा विशेष सहायता आवश्यक शिशु अनि बाल-बालिकाका साथमा
ज्येष्ठ नागरिक अनि दिव्याङ्गहरूलाई सहायता प्रदान गर्ने कोशिश गर्नुहोस्।
·
ताजा आपातकालीन जानकारीका लागि ब्याट्रीले चल्ने रेडियो
सुन्नुहोस्।
·
भत्किएका बिल्डिङहरूदेखि टाढा बस्नुहोस्।
·
अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुहोस्।
छरिएका वा पोखिएका औषधि, ब्लीच, तेल वा अन्य जल्ने पदार्थ तुरुन्तै सर-सफाई
गर्नुहोस्। अन्य रसायन वा ग्यासको गन्ध आए त्यो ठाउँ तुरुन्तै छोड्नुहोस्।
होशियारीका साथ दराज अनि आलमारीको ढोका खोल्नुहोस्।
·
यदि ग्यासको गन्ध आए वा फुफकारको आवाज सुनिए, झ्याल खोली
तुरुन्तै घर खाली गर्नुहोस्। ग्यास सिलिण्डरको स्वीच बन्द गर्नुहोस्।
·
बिजुली प्रणाली क्षतिग्रस्त भएको छ वा छैन भन्ने जाँचबुझ
गर्नुहोस् : यदि आगोको झिल्का वा चुँडिएको तार देखिए वा केही डडेको गन्ध आए,
तुरुन्तै बिजुलीको मुख्य फ्युज बक्स बन्द गर्नुहोस्। यदि फ्युज बाकससम्म पुग्न
पानीमा टेक्नुपरे, बिजुलीवालासँग सल्लाह लिनुहोस्।
·
पानी वा शौचालयको पाइप फुटेको/भत्किएको जाँचबुझ गर्नुहोस्।
यदि शौचालयको पाइप फुटेको वा भत्किएको जस्तो लागे, शौचालय प्रयोग नगर्नुहोस्। यदि
पानीको पाइप फुटेको भए, कल खोलेर पानी प्रयोग नगर्नुहोस्।
·
केवल अपर्झट कल गर्न टेलिफोन उपयोग गर्नुहोस्।
·
यदि भूइँचालोको समय परिवारका सदस्य छुट्टिन पुगे (दिउँसोको
समय भए परिवारका वयस्कहरू काममा र छोरा-छोरी स्कूलमा हुने सम्भावना), आपदापछि
परिवार एकठाउँ भेला हुने योजना तयार पार्नुहोस्। राज्य/ जिल्ला बाहिरका आफन्त वा
साथी-भाइलाई परिवारको सम्पर्क साधनको रूपमा बसिदिन अनुरोध गर्नुहोस्। परिवारका सबै
सदस्यलाई सम्पर्क गर्ने व्यक्तिको ठेगाना र फोन नम्बर कण्ठस्थ पार्न लगाउनुहोस्।